फिल्म क्षेत्रमा त अब अभिनेत्री अनु शाहको चर्चा सेलाउन थालेको छ । फिल्मलाई हेलचक्राइको रुपमा लिएपछि अनुलाई निर्माताले मात्र होइन, दर्शकले पनि पत्याउन छाडेका हुन् । हलमा अनुका फिल्म आएका र गएका नै दर्शकले चाल पाउँदैनन् ।

शुक्रबार फिल्म ‘गोरे’ रिलिज भएको थियो, तर हलमा यो फिल्म आएको र गएको नै दर्शकले थाहा पाएनन् । सायद, अनुले फिल्म क्षेत्रलाई करिअर हुँदा हुँदै पनि गम्भिर रुपमा लिइनन् । उनलाई म्यूजिक भिडियोमा मोडलिङ नै बढी रुचिकर बन्यो ।

फिल्म क्षेत्रमा सेलाउँदै गएपनि अनुले एक पत्रिकाका लागि बोल्ड फोटोसुट गराएकी छिन् । अनु आफैले फेसबुकमा राखेको तस्बिरमा उनी बोल्ड छिन् । साप्ताहिकका लागि महेश प्रधानले खिचेको तस्बिरमा अनु खुल्ने प्रयास गरेकी छिन् ।

फिल्म क्षेत्रमा नयाँ नयाँ प्रतिभाशाली अभिनेत्री आएपछि केहि पुराना अभिनेत्रीहरु पाखा लाग्दै गएका छन् । अनुलाई पनि करिअर जोगाउन हिट फिल्मको आवश्यकता छ ।

For More videos Log on to Mazzako TV