फिल्म ‘वडा नम्बर ६’देखि ‘सत्रु गते’ सम्म आइपुग्दा अभिनेता दीपकराज गिरी र अभिनेत्री प्रियंका कार्की फिल्मको पर्दामा ४ पटक जोडी बनिसके । दीपकले आफै निर्माण गरेको फिल्ममा अन्य कलाकार पनि छन् । तर, दीपकको जोडीको रुपमा प्रियंका नै देखिएकी छिन् । आफ्नो ब्यानर बाहिरको फिल्म ‘सत्रु गते’मा पनि दीपकले प्रियंकालाई नै जोडीको रुपमा पाएका छन् ।

दीपक र प्रियंकाको जोडी फिल्म ‘छक्का पन्जा ३’मा पनि दोहोरिने संभावना बढी छ । किनकी, अब ‘छक्का पन्जा’ ब्रान्डमा प्रियंकालाई हेर्ने बानी दर्शकलाई परिसकेको छ । अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा पनि फिल्ममा एकसाथ काम गर्छन् ।

वास्तविक जीवनमा नै प्रेममा रहेकाले पनि आँचल र पललाई एकसाथ काम गर्न सहज हुन्छ । फिल्म ‘नाई नभन्नु ल ४, जोनी जेन्टलम्यान, सुत्र गते’मा पल र आँचलकै जोडी छ । फिल्म क्षेत्रमा अब यी दुई जोडी सधै नै देखिन्छन् भन्ने खालका चर्चा पनि सुरु भैसकेको छ ।

For More videos Log on to Mazzako TV