अभिनेता असिफ शाह तथा निश्चल बस्नेत स्टारर फिल्म ‘दुई रुपैयाँ’ मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतलाई युट्युबमा ४ करोड भन्दा बढि पटक हेरिएको छ । यो खबर तयार पार्दा सम्ममा गीतको भ्युज चार करोड ८ सय छ । चार करोड भ्युज नेपालको जनसंख्या भन्दा पनि धेरै हो । गीत अपलोड भएको करिब ७ महिना मात्र भयो ।

अहिले सम्मको रेकर्डमा युट्युबमा सर्वाधिक भ्युज पाउने एक मात्र गीतको भिडियो बन्न पुगेकोछ । राजनराज सिवाकोटीको शब्दर संगीत रहेको गीतमा मेलिना राई, राजन इशान र संगीतकार स्वयम्को स्वर छ । यो गीतमा स्वस्तिमा खड्का, बुद्दी तामाङ, असिफ शाह र निश्चल बस्नेतले कम्मर मर्काएका छन् । गीतको कोरियोग्राफी भने कवीराज गहतराजले गरेका हुन् ।

For More videos Log on to Mazzako TV