बलिउड अभिनेत्री रानी मुखर्जी अभिनित फिल्म ‘हिच्की’ को ट्रेलर रिलिज भएको छ । यसराज फिल्मस्को ब्यानरका निर्माण भएको फिल्मको ट्रेलरले मन छुन्छ । बाडुल्की लाग्ने युवती जो शिक्षिका बन्ने चाहनामा हुन्छे, उक्त भूमिकामा रानी प्रस्तुत भएकी छिन् । सिद्धार्थ मल्होत्रा निर्देशित फिल्म ‘हिच्की’ २३ फेब्रेअरीमा रिलिज हुँदैछ ।

‘मर्दानी’ पछि रानी अभिनित फिल्म ‘हिच्की’ प्रदर्शनमा आउन लागेको हो । हिच्की’ ले भने ओरालो लाग्दै गएको रानीको करियरलाई माथि उठाउने आशा गरिएको छ । कुनै समयकी नम्बर १ अभिनेत्री रानी विवाह बंधन पछी फिल्ममा कम देखिदै आएकी छन् । यतिबेला हिच्कीलाई रानीको कमब्याक मानिएको छ ।

For More videos Log on to Mazzako TV