नायिका सुरक्षा पन्तको सिउँदोमा सिन्दुर लगाइएको तस्बिर सार्वजनिक भएको छ । सामाजिक संजाल फेसबुकमा सुरक्षाले एउटा तस्बिर पोष्ट गरेकी हुन् । नायिका सुरक्षासंगै अभिनेता सुनिल थापा पनि छन् । उक्त तस्बिर फिल्म ‘भैरे’ को छायांकनको क्रममा खिचिएको हो । फिल्म ‘अझै पनि’ बाट डेब्यू गरेकी नायिका सुरक्षा पन्त ‘भैरे’ मा अभिनेता दयाहाङ राईसंग रोमान्स गर्दै छिन् । ‘अझै पनि, पछि धनपति’ सम्म आई पुग्दा सुरक्षालाई त्यस्तो मज्जाको सफालता भने हात परेको छैन् । अब ‘भैरे’ ले उनलाई कति सफलता देला ? त्यो भने ‘भैरे’ रिलिज पछि नै थाहा हुनेछ ।

फिल्म ‘भैरे’ मा सुरक्षा दयाकी श्रीमतीको भूमिकामा देखिएको उनको उक्त तस्बिरले झल्काउँछ । पेशाले इन्जिनियर नायिका सुरक्षा ‘भैरे’ आफ्ना लागि सुखद बन्नेमा विश्वस्त छिन् ।

धनपति नायिका के भन्छिन् ?

For More videos Log on to Mazzako TV