नव नियुक्त चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेललाई चलचित्र संघले स्वागत गरेको छ । संघका अध्यक्ष प्रदीप कुमार उदयले खादा तथा टिका लगाएर अध्यक्ष पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । सोमबार संघको सभा कक्षमा चलचित्र विकास बोर्डका नव नियुक्त वोर्ड अध्यक्ष पौडेललाई स्वागत तथा बधाई कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा नवनियुक्त विकास बोर्ड अध्यक्ष पौडेलले आफु सदैव फिल्म क्षेत्रको विकासमा निरन्त लागि पर्ने बताइन् । आफ्नो दुई वर्षे कार्यकालमा गर्ने सम्पूर्ण कार्य योजना चाडै सार्वजनिक गर्ने उनको भनाई थियो । संघका अध्यक्ष उदयले नेपाली फिल्म क्षेत्रको विकासमा लामो समयदेखि आबद्ध परिवारको पहिलो महिला सदस्य निकिता पौडेल जस्तो सक्षम व्यक्ति चलचित्र विकास बोर्डले पाएको हुँदा सबैले गर्वको महसुश गरेको बताए ।

For More videos Log on to Mazzako TV