मंसिर १ गतेपछि एकैपटक मंसिर २२ मा नयाँ नेपाली फिल्म रिलिज भयो । यो विचमा निर्मातालाई चुनावको डर लाग्यो । अब, आउने शुक्रबार बलिउड अभिनेता सलमान खानको डर । डरै डरले निर्माताले पौषको दोश्रो साता अगाडि फिल्म रिलिज गर्ने आँट नै गरेनन् ।

तर, यो विचमा केहि नेपाली फिल्म रिलिज त भए । तर, ती फिल्म आएको र गएको दर्शकले नै पत्तो पाएनन् । मंसिर २२ मा फिल्म ‘दिपज्योती’ रिलिज भयो । यो फिल्म आएको र गएको दर्शकले थाहा पाएनन् । मंसिर २९ मा पनि २ फिल्म रिलिज भए । ‘माइ लभ र गोरे’ले पनि दर्शक तान्न सकेनन् ।

यी दुबै फिल्म आएको र गएको दर्शकले थाहा पाएनन् । न त दिलिप रायमाझी र अनु शाह नै चले, न त जापानिज निर्देशकको कमाल नै चल्यो । फिल्म हलमा लागेको र निस्किएको दर्शकले नै थाहा नपाउँदा कलाकारलाई त घाटा लाग्यो नै, निर्माता पनि मारमा परे ।

For More videos Log on to Mazzako TV