अभिनेत्री प्रियंका कार्कीले प्रेमी आयुष्मान देशराजको जन्मदिनको अवसरमा विशेष सेलिव्रेशन आयोजना गरेकी छिन् । आयुष्मान र प्रियंका केहि महिनादेखि प्रेममा छन् । यी दुइको प्रेमको खबर मिडियामा आएसँगै यी दुइ खुल्लम खुल्ला प्रेम पनि गरिरहेका छन् ।

आयुष्मानको जन्मदिन मनाउने क्रममा प्रियंकाले उनलाई केयर गर्ने प्रेमी भनेर सम्बोधन पनि गरिन् । साथमा, यस्तो माया गर्ने मायालु यस अगाडि आफूले नभेटेको उनको भनाई छ ।

प्रियंकाको परिवार र आफ्नो परिवारसँग जन्मदिन मनाउने क्रममा आयुष्मान पनि खुशी देखिएका छन् । आयुष्मानसँगको प्रेममा परेपछि प्रियंका विभिन्न खबरमा रहँदै पनि आएकी छिन् ।

For More videos Log on to Mazzako TV