अभिनेत्री आँचल शर्माले आफ्ना प्रेमी पल शाहसँग काम गर्न सहज हुने बताएकी छिन् । फिल्म ‘सत्रु गते’को छायांकन सेटमा भेटिएकी अभिनेत्री आँचलले अभिनेता पल शाह र आफूलाई दर्शकले ‘आप जोडी’ को रुपमा हेर्ने गरेको पनि बताएकी छिन् ।

आँचलका अनुसार, दर्शकले आप जोडी भन्न थाल्दा उनी खुशी छिन् । फिल्म ‘सत्रु गते’को छायांकनमा चिसो भएपनि आफूले त्यो फिल नगरेको आँचलको भनाई छ ।

आँचलले आफू र अभिनेता पल शाहविच सम्मान र प्रेम रहेको बताइन् । पल र आफ्नो एउटै दृश्य भएकाले पनि सधै पल र आफू एकसाथ आउने गरेको उनले बताइन् । आँचल शर्मा दवाडी शाह नाम सुन्दा नराम्रो नदेखिने आँचलले बताएकी छिन् । आफू र पलविच डराउनु पर्ने कुनै कारण नभएको आँचलको भनाई छ ।

For More videos Log on to Mazzako TV