देशका चर्चित कलाकारदेखि उदयमान कलाकारको उपस्थितीले चैत्र ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘सुत्र गते’ चर्चित बनेको छ । ‘जात्रा’ निर्देशक प्रदिप भट्टराइको दोश्रो प्रस्तुतीको रुपमा रहेको फिल्मलाई लिएर दर्शकमा उत्साह पनि छ ।

मह संचारको प्रस्तुतीमा किरण केसीले यो फिल्मको निर्माण गरिरहेका छन् । काठमाण्डौमा बढेको चिसोको समेत प्रवाहा नगरि फिल्मका मुख्य कलाकारहरुले एक गीतको छायांकन गरेका छन् । काठमाण्डौमा रहेको एक अस्पताललाई झिलिमिली पार्दै फिल्मको ‘रुपै मोहनी नारन रुपै मोहनी’ बोलको गीतको भिडियो खिचियो । कविराज गहतराजले यो गीतको कोरियोग्राफी गरेका छन् ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्माले अभिनय गरेका छन् ।
सबै कलाकार गीत र फिल्मलाई लिएर उत्साहित छन् । संगीतकार टंक वुढाथोकीले गीत तयार पारेका हुन् ।

For More videos Log on to Mazzako TV