गायक बल बहादुर राजबंशीको ‘बिहे गर्ने हो’ एल्बममा समाबेश ‘यसपाली त बिहे गर्ने हो’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । गायक बलबहादुरको स्वर रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ । त्यस्तै राजुबाबु श्रेष्ठको शब्द रहेको उक्त गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

भिडियोमा मोडल तथा नायिका एलिसा राई तथा भिमफेदी गाइजको मज्जाको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्मल लामाले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV