अभिनेता राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर बधाई तथा शुभकाना दिएका छन् । शनिबार ओली निवास बालकोट पुगेर हमालले ओलीलाई प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएको र वामगठबन्धनले दुईतिहाई ल्याएकोमा बधाई तथा शुभकामना दिएका हुन् । हमालले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्नका लागि शुभकामना समेत दिएका छन् ।

अध्यक्षसँगको भेटमा हमालले ओलीको राष्ट्रियताको अडानप्रति आम नेपाली उत्साहित भएको बताए । भेटमा हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई अग्रिम शुभकामना पनि दिए । ओलीले अभिनेताहरुले फिल्ममा मात्र अभिनय गरेर देश समृद्ध नहुने बताउँदै देश बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न हमाललाई आग्रह गरे ।

For More videos Log on to Mazzako TV