यहि माघ ४ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘लाल पूर्जा’ का केही तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक भएका तस्बिरमा अभिनेता सौगात मल्ल, विपिन कार्की र कामेश्वर चौरसियालाई चिन्न गाह्रो पर्छ ।

निगम श्रेष्ठ निर्देशित ‘लाल पुर्जा’ मा निर्माता समेत रहेका विक्रमसिंह थारु, नव नायिका मिरुना मगर, हरिहर शर्मा, मेनुका प्रधान, कमलमणी नेपाल, मिश्रि थापा र अनिल पाण्डेको अभिनय छ । विक्रमले उमेश श्रेष्ठसँग मिलेर संयुक्त रुपमा फिल्म निर्माण गरेका हुन् । १ करोड २० लाख लगानी दाबी गरिएको फिल्म ‘लाल पुर्जा’को सबै छायाँकन लमजुंगमा गरिएको छ । आगामी साता फिल्मका ट्रेलर सार्वजनिक हुँदैछ ।

For More videos Log on to Mazzako TV