अभिनेत्री केकी अधिकारीले आफ्नो जन्मदिन मनाएकी छिन् । आइतबार राजधानीमा आफू अभिनित फिल्म ‘राज्जा रानी’ को टिमसँग केकीले जन्मदिन मनाएकी हुन् । केकीको जन्म २०४६ साल पुस २ गते काठमाडौँको जोरपाटीमा भएको हो । दर्जनौ म्युजिक भिडियोमा काम गर्दै केकीले ‘स्वर’ फिल्मबाट डेव्यु गरेकी थिइन् ।

मैथिली भाषामा किनेको ‘भोर कम्पनी’ र फिल्म ‘राज्जा रानी’ टिमले केकीको जन्मदिन मनाएको होे । जन्मदिन सेलिब्रेशनमा फिल्मका नायक नाजिर हुसेन, निर्देशक यम थापा, निर्माता रमेश एम के पौडेल उपस्थित थिए । पौष २१ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘राज्जा रानी’ को ट्रेलर सार्वजनिक भइसकेको छ । तराईमा हुने दाइजो प्रथाको कथालाई उठान गरिएको बताइएको छ ।

For More videos Log on to Mazzako TV