सैफअलि खान र करिना कपूरका छोरा तैमुर अलि खानको जन्मदिन यही डिसेम्बर २० मा हो । उनको जन्मदिनको सेलिब्रेसनका लागि सैफ र करिना छोरालाई लिएर हरियाणा उडेका छन् ।

हरियाणाको पतौडी प्यालेसमा छोराको बिषेश जन्मदिन सेलिब्रेसन गर्ने सोचमा छ यो जोडी । शनिवार मुम्बई एयरपोर्टमा यो जोडीलाई छोरासहित भारतीय मिडियाले फलो गरेका थिए ।

मिडियाको क्यामेरामा कैद भएका तस्वीरहरुमा सैफ आफ्नो अंगालोमा छोरा तैमुरलाई बेरिरहेका देखिन्छन् भने करिना ओभरकोटमा कुल देखिएकी छिन् । तस्वीरमा बाबु छोराको चेकसर्ट, जिन्स अनि हाफ ज्याकेटको कम्को निकै दामी देखिन्छ ।

हालसालै सैफ र करिनालाई तैमुरको बर्थ डे प्लानिङ्गका बारेमा सोध्दा उनकीहरुले केही जवाफ दिएका थिएनन्, तर यतिबेला सैफ र करिना अर्थात सैफरिना ‘बेबी ब्वाई’को बर्थ डे बिषेश बनाउन लागिपरेका छन् । हाम्रो तर्फबाट तैमुरलाई एडभान्समै ‘ह्याप्पी बर्थ डे टु यू’ ।

Photo – Indinaexpress dot com

 

For More videos Log on to Mazzako TV