के अभिनेता अनमोल केसी पैसाकै लागि फिल्म खेल्छन् ? खेल्दैनन् भने अनमोलले यति र उती पारिश्रमिक डिमाण्ड गरेको खबर मात्र मिडियामा किन आउँछ ।
मिडियामा कम आउने भएकाले अनमोलको जवाफ कुर्न मिडियालाई लामै समय लाग्छ । फिल्म ‘कृ’को पत्रकार सम्मेलनमा अनमोलले डेढ बर्षभरि थुप्रिएका पत्रकारका प्रश्नको जवाफ दिने कोशिश गरे ।

तपाइलाई ५० लाख पारिश्रमिकको अफर गरिएको हो, यो प्रश्नमा अनमोलले भने–‘यो खबर सत्य हो । मलाई ५० लाखको अफर आइरहेको थियो र अहिले पनि आइरहेको छ ।’
उनले कसले ५० लाखको अफर गरेका थिए भन्ने खुलाउन चाहेनन् ।

पत्रकारको अर्को प्रश्नमा अनमोलले भने–‘मैले पैसाका लागि कहिल्यै पनि फिल्म गरिनँ । यदि, गर्ने नै भए २ बर्षमा एउटा फिल्ममा काम गरेर बस्ने थिइनँ ।’

For More videos Log on to Mazzako TV