फिल्म ‘कान्छी’ माघ २६ गतेबाट सरेर फागूण ४ गते पुगेपछि अहिले फिल्म ‘कृ’का निर्माताले यस बिषयमा जवाफ दिइरहनु परेको छ । शुक्रबार फिल्म ‘कृ’को पत्रकार सम्मेलनमा अनमोलको स्टारडमका कारण तपाइहरुले ‘कान्छी’लाई पेल्न खोज्नुभएको हो भन्ने प्रश्न निर्माताद्धय सुवास गिरी र भूवन केसीले खेप्नु पर्यो ।

यसको जवाफ दिदै भूवनले स्वेता आफ्नो बहिनी जस्तो भएको भन्दै आफूहरु नेपाली फिल्मसँग नभई हिन्दी वा अंग्रेजी फिल्मसँग जुध्न तयार भएको बताए । भूवनले पत्रकारको प्रश्नको जवाफ दिदै भने–‘नेपाली–नेपाली फिल्म कहिले पनि जुध्न हुँदैन । अब, हाम्रो प्रतिस्पर्धा भनेको हिन्दी फिल्मसँग हो । कुनै पनि हिन्दी फिल्म आएपनि हामी पछि हट्दैनौ ।’

भूवनले यसो भनिरहँदा अर्का निर्माता सुवास गिरी भने आक्रोशित देखिए । उनले, ‘कान्छी’ले मिति तोक्नु अगावै आफूहरुले हलवालाहरुसँग माघ २६ गतेका लागि संझौता गरिसकेको भन्दै पत्रकारले चाहेमा सो संझौता देखाउन सक्ने बताए । उनले, कुन फिल्म आयो र कुन फिल्म गयो भन्ने आफूहरुलाई थाहा नभएको समेत बताए ।

For More videos Log on to Mazzako TV