अभिनेता अनमोल केसीले आफ्नो क्रेज फिल्म ‘कृ’को ट्रेलरबाटै स्पष्ट पारेका छन् । यो फिल्मको ट्रेलर सार्वजनिक भएको २४ घन्टामै थुप्रै रेकर्ड बनेका छन् । ट्रेलर सार्वजनिक भएको १९ घन्टामै यूटुबमा नेपाल ट्रेन्डिङको नम्बर १ मा पर्न सफल भएको थियो । यो, एउटा रेकर्ड हो । यस्तै, फिल्मको ट्रेलर सार्वजनिक भएको २ घन्टामै १ लाख पटक युटुबमा हेरिएको थियो ।

फिल्मको ट्रेलरले सर्वाधिक हेरिने ट्रेलरको रेकर्ड पनि तोडेको छ । फिल्म ‘ए मेरो हजुर २’ले बनाएको रेकर्डलाई यो फिल्मको ट्रेलरले तोडेको हो । २० घन्टामै फिल्मको ट्रेलर ५ लाख ८० हजार भन्दा बढी पटक हेरिएको थियो ।

६ हजार भन्दा बढी कमेन्टमा सकारात्मक धेरै कमेन्ट छन् । २८ हजार भन्दा बढी लाइक्स पनि यसको ट्रेलरले २४ घन्टामै प्राप्त गरेको छ । करिब डेढ बर्षपछि यूवास्टार अभिनेता अनमोल केसीको फिल्म हलमा आउन लागेको हो । यसैले पनि यस्तो क्रेज ट्रेलरमै देखिएको हो ।

For More videos Log on to Mazzako TV