नायक अनमोल केसी तथा नव नायिका आदिती बुढाथोकी स्टारर बहुपतिक्षित फिल्म ‘कृ’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा भब्य प्रेसमिट आयोजना गर्दै ‘कृ’ को ट्रेलर रिलिज गरिएको हो । लभर व्याइ अनमोल स्क्रिनमा पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएका छन् । सार्वजनिक ३ मिनेट २१ सेकेण्डको ट्रेलरमा अनमोल लभर र एङ्ग्री अवतारमा देखिन्छन् ।

सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको फिल्म ‘कृ’ मा अनमोलसँगै नव नायिका अदीति बुढाथोकी र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । माघ २६ गतेदेखि प्रदर्शनमा आउने अनमोलको यो पाँचौ फिल्म सर्वाधिक प्रतिक्षामा छ ।

For More videos Log on to Mazzako TV