अभिनेता सौगात मल्ल अभिनय त खतरै गर्छन् । उनी नेपाली फिल्मका भर्सटायल अभिनेता पनि हुन् । तर, बोल्ने कुरामा भने सौगातलाई पसिना नै छुट्छ ।
सौगात मल्ल उपस्थित भएको कार्यक्रममा मिडियाले केहि नयाँ कुरा बोलिहाल्छन् भनेर अपेक्षा नगर्दा पनि हुन्छ ।

सौगात मल्ल अभिनित फिल्म ‘पञ्चेबाजा’को गीत रिलिज कार्यक्रममा पनि यस्तै भयो । सौगातलाई कार्यक्रम संचालकले बोल्नका लागि आग्रह गरेपछि उनको पसिना नै छुट्यो । उनले बारम्बार निर्देशक घनश्याम लामिछानेलाई यस्तो भएको थियो है, उस्तो भएको थियो है भनेर सोधिरहेका थिए ।

सौगातले त्यस्तो नयाँ कुरा नै केहि पनि बोलेनन् । उनी, आफूमा आफै कन्फ्यूजमा देखिएका थिए । उनको यो शैली हरेक कार्यक्रममा देखिन्छ । सायद, यसैले पनि होला सौगात मिडियादेखि टाढा भाग्ने गरेका छन् ।

For More videos Log on to Mazzako TV