अभिनेता सौगात मल्ल अभिनित फिल्म ‘पञ्चेबाजा’ को ‘घिन घिन मादल’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना फिल्मको उक्त गीत सार्वजनिक गरिएको हो । फाल्गुन ११ गतेबाट प्रर्दशन फिल्मको पहिलो गीत गरिएको हो । भिडियोमा कर्मा, सौगात र जस्मिन श्रेष्ठलाई फिचर गरिएको छ । अञ्जु पन्त र डेविड शंकरको आवाज रहेको उक्त गीतमा प्रदीप भाद्वाजले शब्द र विकास चौधरीको संगीत छ । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

न्यू भेनस फिल्म्सको ब्यानरमा निर्माण भएको फल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । फिल्ममा सौगात, कर्मा र जस्मिनसँगै बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, देशभक्त खनाल, युवराज भण्डारी लगायतको अभिनय छ । चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन रहेको छ ।

For More videos Log on to Mazzako TV