बलिउडमा अभिनेता रणवीर सिंह, रणवीर कपुर लगायतका अभिनेताले आफ्नो सेक्स लाइफको बारेमा खुलेरै बोलेका छन् । कति बर्षमा आफ्नो भर्जिनिटी टुटेको बिषयमा उनीहरुले जवाफ दिइसकेका छन् । नेपालमा पनि केहि अभिनेत्रीहरुले भर्जिनिटीको बिषयमा जवाफ दिइसकेका छन् ।

तर, एक अभिनेताले पनि आफू भर्जिन नरहेको भन्दै जवाफ दिएका छन् । प्रसंग हो, फिल्म ‘मिस्टर भर्जिन’को पत्रकार सम्मेलनको । अभिनेता थिए, गौरव पहारि । सो कार्यक्रममा गौरवले भने–‘म भर्जिन छैनँ । तर, यो फिल्मको कथामा रहनका लागि ४ महिनादेखि भर्जिन छु ।’

अविवाहित गौरवले आफू भर्जिन नरहेको बताएपछि सबैले अचम्म माने । गौरव कार्यक्रममा आफ्नो भर्जिनिटीको बारेमा खुलेरै कुरा गर्न चाहन्थे । अभिनेत्री मरिष्का पोख्रेल भने रातोपिरो हुँदै मुसुमुसु हाँसिरहेका थिए ।

For More videos Log on to Mazzako TV