फिल्म ‘मिस्टर भर्जिन’ निर्माण हुने भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि ‘वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली’ ले ‘मिस्टर भर्जिन’ को औपचारिक घोषणा गरेको हो । फिल्ममा नायक गौरव पहाडी र नायिका मरिष्का पोखरेल मुख्य भूमिकामा रहने छन् । डेब्यू निर्देशक विशारद बस्नेतको निर्देशनमा निर्माण हुने फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथा बोल्नेछ । फिल्ममा गौरव र मरिष्काको अलावा भोलाराज सापकोटा, कमलमणी नेपाल, विजय बराल, रविन्द्र झा, सागर ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहनेछ । कार्यक्रममा बोल्दै नायक गौरव पहाडीले फिल्मको नाम ‘मिस्टर भर्जिन’ भएपछि सबै परिवार सँगै बसेर हेर्न मिल्ने फिल्म रहेको बताए । यस्तै, नायिका पोखरेलले फिल्मको कथाबाट आफू प्रभावित भएको बताइन् । यो फिल्मलाई बैशाख अन्तिममा प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ । ठमेल लगायतका ठाउँमा खिचिने फिल्मका निर्माता खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशादर बस्नेत हुन् भने सन्दिप उप्रेती र मनिष खत्री सह(निर्माताको रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV