यहि मंसिर २९ बाट सार्वजनिक प्रर्दशनमा आउन लागेको फिल्म ‘गोरे’ मा समावेश एकसाथ २ गीत एकसाथ रिलिज गरिएको छ । ‘गोरे’ को शिर्ष गीत र रोमान्टिक गीत सार्वजनिक गरिएको हो । शिर्ष गीतमा दिलिप रायमाझि एक गाउँले भेषमा देखिएका छन् भने अर्को गीतमा अभिनेत्री अनु शाहसँग रोमान्टिक मुडमा देखिएका छन् ।

‘गोरे गोरे’ बोलको गीतमा विकाश चौधरीको संगीत , रन्जीत कुमार सहनीको आवाज र शंकर अधिकारी घायलको शब्द रहेको छ भने अर्को रोमान्टिक गीतमा विकाश चौधरी र जुना प्रसाईंको स्वर , शंकर अधिकारी घायलको शब्द एवंम विकाश चौधरीकै संगीत रहेको छ । ‘गोरे’का दुबै गीतलाई रवी कार्की र राम बुढाथोकीले कोरियोग्राफि गरेका छन् ।

रामेश कुमार राइको निर्देशन एव सुर्य जिसिको निर्माणमा तयार फिल्ममा दिलिप र अनुको साथमा राकेश कुमार राइको मुख्य भुमिका रहेको छ । छायांकन हरिनारायण चौधरीले गरेका हुन् ।

https://youtu.be/7seG0oQu68I

For More videos Log on to Mazzako TV