अभिनेता प्रदिप खड्का फिल्म ‘लिलिबिली’को छायांकनमा व्यस्त छन् । यो फिल्ममा उनले २२ लाख पारिश्रमिक लिएको चर्चा पनि खुबै चल्यो । अब, फिल्मको छायांकन भैरहँदा उनीमाथि आफूलाई दिइएको २२ लाख उठाउनुपर्ने दबाब मात्र होइन, सिंगै फिल्मको प्रेसर थेग्नुपर्ने अवस्था छ ।

फिल्म ‘प्रेमगीत’ले प्रदिपलाई चर्चित बनायो । ‘प्रेमगीत २’ले उनलाई स्टार बनायो । यसपछि, उनीमाथि लगानी गर्न चाहनेहरु बढेर गएका छन् । लगानी गर्न चाहने बढेसँगै प्रदिपलाई पनि प्रेसर थपिएको छ । ‘लिलिबिली’ लगतै उनी फिल्म ‘भैरवी’मा व्यस्त हुनेछन् ।

यो फिल्ममा पनि उनले राम्रो पारिश्रमिक लिएको चर्चा छ । राम्रो पारिश्रमिक लिएपछि त्यो अनुसारको फिल्मले व्यापार गर्न पनि जरुरी छ । यसैले, प्रदिपमाथि निर्माता बचाउनुपर्ने दबाब त बढेको छ नै, आफ्नो स्टारडम बचाउनुपर्ने दबाब पनि बढेको छ ।

For More videos Log on to Mazzako TV