एक्सन नायक निखिल उप्रेती तथा नायिका सारा सिर्पाली स्टारर फिल्म ‘पिंजडा ब्याक अगेन’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । करिब १९ वर्ष अगाडी अभिनेता उप्रेतीले ‘पिंजडा’ मार्फत डेब्यु गरेर फिल्म क्षेत्रमा एक्सन बेच्न थालेका थिए । ‘पिंजडा ब्याक अगेन’ मा भरिपूर्ण एक्सन प्रयोग गर्नुमा निर्देशकको पनि हात छ । एक्सन डाइरेक्टर हिमाल केसीले यो फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

मौनता श्रेष्ठको कथामा निर्माण भएको फिल्ममा बनिश शाहरमिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन, हिमाल केसीकै एक्सन, बसन्त सापकोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । सिनेमामा निखिल र साराकासंगै सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ र कुशाग्रह भट्टराईको मुख्य भूमिका छ । बसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमामा रोहित पुरी, गोविन्द गैरे, चन्द्रबहादुर क्षेत्रीको लगानी छ । सिनेमाका सहनिर्मातामा रमेश सुवेदी र बाबुराजा सिंह रहेका छन् ।

निखिल र सारासंग गरिएको मज्जाको कुराकानी हेर्नुस् :

 

For More videos Log on to Mazzako TV