के अभिनेत्री मलिना जोशीलाई बिहेको रहर पलाएको हो । भारतका चर्चित सेलिव्रेटी जोडी विराट कोहली र अनुष्का शर्माले बिहे गरिरहेको समयमा कतै मलिनालाई पनि बेहुली बन्ने रहर त जागेको होइन ।

मलिनाले फेसबुकमा सार्वजनिक गरेको एक तस्बिरमा लेखेकी छिन्–‘धेरैले सोच्नुभयो होला, मैले बिहे गरे । तर, होइन । यो सुटका लागि मात्र थियो । तर, म चाडै बिहे गर्न सक्छु ।’

मलिनाको यो लेखाइले पनि उनी चाडै बिहे गर्न चाहन्छिन् भन्ने वुझाउँछ । बेहुलीको भेषमा छायांकन गर्ने क्रममा मलिना राम्री देखिएकी छिन् । कलिउड बजारमा कतै बिहे त कतै डिभोर्सको खबर आइरहेको समयमा पूर्व मिस नेपालको बिहेको खबर चाडै सुन्न पाइयोस् ।

अभिनेता अनुप विक्रम शाहीसँगको प्रेम विछोडमा परिणत भएसँगै मलिना अहिले एक्लै िछन् । मलिनाले आफ्नो जीवनसाथी कस्तो रोज्ने हुन् ? प्रतिक्षा नै गर्नु उत्तम हुनेछ ।

For More videos Log on to Mazzako TV