निर्देशक मिलन चाम्सले बेलायतमा छायांकन गरिरहेको फिल्म ‘लिलिबिली’मा कलाकार थपिने क्रम जारी छ । यो फिल्ममा सुरुवातमा अभिनेता प्रदिप खड्का, अभिनेत्रीद्धय जसिता गुरुङ र रेविका गुरुङले काम गर्ने पक्का भएको थियो । तर, पछि रेविकाको भिसा नलागेपछि अभिनेत्री प्रियंका कार्की फिल्ममा प्रवेश गरिन् ।

अब, फिल्ममा २ अभिनेताको पनि प्रवेश भएको छ । फिल्ममा अभिनेता अनुपविक्रम शाही र अर्का अभिनेता सविन श्रेष्ठले काम गरिरहेका छन् । निर्देशक मिलन चाम्सले फेसबुकमार्फत फिल्ममा अनुप र सविनले पनि काम गरिरहेको उल्लेख गरेका छन् ।

फिल्ममा अनुप र सविनको भूमिका खलपात्रको रहेको वुझ्न सकिन्छ । तर, मिलनले आफ्नो फिल्मको टिम भने ठूलो बनाएको छ । चैत्र ३० गतेबाट यो फिल्म रिलिज हुनेछ ।

For More videos Log on to Mazzako TV