अभिनेत्री बर्षा राउत चुलबुले छिन् । यसैले पनि सार्वजनिक कार्यक्रममा उनी पुग्दा उनको चुलेबुलेपना खुबै देखिन्छ । बर्षाको अर्को विशेषता पनि छ । उनी, जहिले पनि मुस्कुराउँछिन् । रिसाउनुपर्यो भने पनि उनलाई कसैले सक्दैन ।

सोमबार फिल्म ‘मिस्टर झोले’को ट्रेलर रिलिज कार्यक्रममा पुगेकी बर्षाको हाँसो रोकिएन । वीग मुभिजमा प्रवेश गरेदेखि नै सुरु भएको उनको हाँस्ने श्रृङ्खला रोकिएन । बोल्ने क्रममा होस् या कार्यक्रम संचालक नरेश भट्टराइले बिहेको प्रसंग निकाल्दा नै किन नहोस्, बर्षा हाँसी नै रहिन् ।

उनी, बिहेमा पुगेर आएकाले पनि सारीमा उपस्थित थिइन् । कार्यक्रम संचालक नरेश भट्टराइले उनलाई चाडै बिहे होस् भनेर शुभकामना दिए । बर्षा सो समयमा पनि हाँसिन् । बर्षाको हाँसो साच्चै गज्जबको थियो ।

For More videos Log on to Mazzako TV