‘पावर कपल’को रुपमा चिनिएको सेलिब्रेटी जोडी अनुष्का शर्मा र क्रिकेटर बिराट कोहलीबीच बिवाह सम्पन्न भएको छ ।

इटालीको मिलान सहरको हेरिटेज रिसोर्टमा यो जोडीको विवाह भएको हो । बिहेका केही एक्सक्लुसिभ तस्वीर सार्वजनिक गर्दै अनुष्का र बिराटले ट्वीट् गरेका छन् ।

नजिकका आफन्त, साथीभाई र पारिवारका सदस्यहरुमात्रै उपस्थित भएको नितान्त प्राईभेट सेरेमोनीमा अनुष्कालाई बिराटले आफ्नो बनाएका छन् । हिन्दु परम्पराअनुसार अनुष्का र बिराटको विवाह भएको हो ।

फेसन डिजाईनर सभ्यासचि मुखर्जीको डिजाईन परिहिएका दुलहा र दुलही निकै आर्कषक देखिएको तस्वीरमा प्रष्ट देख्न सकिन्छ । बिराट र अनुष्काको रिसेप्सन पार्टी भने मुम्बईमा हुने बताईएको छ ।

 

For More videos Log on to Mazzako TV