दिपिका पादुकोण फेसबुकमा नम्बर वान
फेसबुकमा बलिउड नायिका दिपिका पादुकोणलाई चाहनेहरुको तथ्यांक डेढ करोड बढी पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फेसबुकमा यतिधेरै चहिता दिपिका नै पहिलो भारतीय कलाकार हुन् ।
चलचित्र ‘कोकटेल’ देखि लिएर ‘रामलीला’ सम्म आईपुग्दा उनका फ्यानहरुको संख्या बढेको बढ्यै छ । नायिका दिपिका पनि आफ्ना फ्यानहरुलाई निराश पार्दिनन् त्यसैले त उनी २६ मार्चमा आफ्ना फ्यानहरुसँग फेसबुकमा लाईभ च्याट गर्ने बुझिएको छ ।
फेसबुक बाट उनी फ्यानहरुको प्रतिक्रिया लिदैछिन् । दिपिका आफ्नो सफल्ताको श्रेय आफ्ना फ्यानहरुलाई दिन्छिन् । त्यही भएर पनि दिपिकालाई चाहनेहरुको सँख्या फेसबुकमा ह्वात्तै बढेको हो ।
For More videos Log on to Mazzako TV