नेपाल सरकारले निकिता पौडेललाई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्ती गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको वैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । जेठ महिनाबाट राजकुमार राईको २ बर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद खाली थियो । बोर्ड अध्यक्षमा नियुक्त भएपछि निकिताले भनिन्, ‘मलाई नियुक्त हुनुभयो भनेर फोन आएको छ । संभवत आज या भोली म नियुक्ती पत्र वुझ्छु होला ।’

गोपिकृष्ण हलकी संचालिका समेत रहेकी निकिताले निर्माण गरेको फिल्म ‘पर्व’ जेठमा रिलिज भएको थियो ।

 

For More videos Log on to Mazzako TV