फिल्मको प्रदर्शन मिति नजिक आएसँगै फिल्म ‘फिर्के’को टोली प्रचारमा दौडिउको छ । फिल्मको यूनिटले विद्यार्थीहरुसँग साक्षात्कार कार्यक्रम आयोजना गरेको छ । ठमेलमा आयोजित एक कार्यक्रममा फिर्केका कलाकार, निर्देशक उपस्थित थिए ।

काठमाण्डौका विभिन्न कलेजबाट आएका सय भन्दा बढी विद्यार्थीहरुको माझ उनीहरुले फिल्मको कुरा पनि राखे । फिल्मका निर्देशक रवि डंगोल, कलाकारद्धय सुलेमान शंकर र क्रिस्टिना पौडेलले फिर्केको टिसर्ट लगाएका थिए ।

उनीहरुले, विद्यार्थीहरुलाई फिल्मको बारेमा जानकारी पनि दिए । उनीहरु, सय बढी विद्यार्थीसँग सेल्फीमा पनि रमाएका थिए । विद्यार्थीहरुले पनि आफूहरु फिल्म हेर्न उत्साहित भएको जानकारी सुलेमानलाई गराए ।

गाउँबाट शहर पसेको एक यूवाको कथालाई फिल्ममा उतारिएको छ । फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिस्टिना पौडेल, विष्णु सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV