जब केहि समय मिडियाबाट टाढा भइन्छ, कलाकारहरु आफूले आफूलाई हराएको अनुभव गर्छन् । यसैले, फेरि उनी चर्चा खोज्न थाल्छन् । अभिनेता पल शाह र उनकी प्रेमिका आँचल शर्मा पनि फिल्म ‘जोनी जेन्टलम्यान’ रिलिजपछि मिडियाबाट हराएजस्तै छन् । पलसँगैका अन्य अभिनेताहरुले विभिन्न कारणले मिडियामा चर्चा पाएपनि पल भने हराएका छन् ।

यसैले, उनले फेरि आफूलाई चर्चामा ल्याउने बहाना खोजेका छन् । पलले, फेसबुकमा प्रेमिका आँचल शर्मासँगको तस्बिर पोष्ट गरेका छन् । जसमा, उनले ‘जोनी जेन्टलम्यान’पछि आफू र आँचल फिल्म ‘सत्रु गते’को माध्यमबाट दर्शकमाझ आउन लागेको उल्लेख छ ।

उनले, यो फिल्ममा आँचल सन्ध्याको भूमिकामा देखिएको भन्दै आफ्नो नाम अनुमान गर्न फ्यानलाई नै आग्रह गरेका छन् । पलले आँचल र आफ्नो तस्बिर राखेर फेरि सेलाएको जोडीको चर्चालाई गरम बनाउने कोशिश गरेका छन् ।

For More videos Log on to Mazzako TV