नेपाली फिल्मी क्षेत्रमा सेक्सी, हट भनेर धेरै अभिनेत्रीलाई चिनिन्छ । केहि अभिनेत्री पर्दामा होस् या सार्वजनिक कार्यक्रममा, सेक्सी नै देखिन चाहन्छन् । तर, कतिपय भने सोओभर गर्न चाहदैनन् । यस्तै, अभिनेत्रीमा पर्छिन् नीता ढुंगाना । नीता सामान्य रुपमा प्रस्तुत हुन्छिन् । यसैले, उनले सेक्सी एन्ड हटको छाप फिल्म बजारमा छाड्न सकेकी छैनन् ।

तर, यहि इमेज नबनाउँदा अभिनेत्रीलाई पोखराको एक कार्यक्रममा भने आपत्त परेछ । पोखरामा आयोजना भएको एक सांकृतिक कार्यक्रममा सहभागी हुन पुगेकी नीता स्टेजमा पुग्दा पनि दर्शकको ताली बजेन । दर्शकले सिठ्ठी नपारेपछि नीतालाई खल्लो लाग्यो । उनले आफै मुख खोलेर बोलिन्–‘यति सेक्सी हट गर्ल स्टेजमा आउँदा पनि खै त हुटिङ ?

नीताले आफूले आफूलाई नै सेक्सी एन्ड हट गर्ल भनेर हुटिङ मागेपछि दर्शकले पनि हुटिङ लगाए नै । तर, नीताको साधारण इमेज दर्शकमा परेको यो घटनाले पनि वुझ्न सकिन्छ ।

For More videos Log on to Mazzako TV