नायक अनमोल केसीको शिर्ष भूमिका रहने नयाँ फिल्म ‘क्याप्टेन’ लाई दिवाकर भट्टराई निर्देशन गर्ने भएका छन् । फिल्म ‘क्याप्टेन’ अभिनेता भुवन केसीको होम प्रोडक्सन काजोल फिल्मसको ब्यानरमा निर्माण हुनेछ । ‘क्याप्टेन’ अनमोलको पाँचौ फिल्म हुनेछ । भदौको दोश्रो सातादेखि छायाँकन सुरु हुने ‘क्याप्टेन’ मा अनमोल सहित दुई नायिकाको मुख्य भूमिका रहनेछ । निर्माता भुवन केसीले दुवै नायिका नयाँ रहने बताए । ‘अनमोललाई जोडी सुहाउँने र प्रतिभावान लाई अवसर दिन्छौं ।’ भुवनले भने ।

‘क्याप्टेन’ लाई आउँदो वर्षको भदौमा तीजको अवशरमा रिलिज गरिने समेत भुवन केसीले जानकारी दिए । अनमोलको चौथो फिल्म ‘कृ’ को प्रदर्शन मिति माघ २६ लाई तोकिएको छ ।

For More videos Log on to Mazzako TV