बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर बिराट कोहलीको बिवाहको खबरले यतिबेला बलिउड तातेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार अनुष्का र बिराटको बिवाह डिसेम्बर १२ तारिकमा हुदैछ । इटालीको मिलान सहरको हेरिटेज रिसोर्टमा यो जोडीको विवाह हुने बताईएको छ । रिसेप्सन पार्टी भने डिसेम्बर २१ मा मुम्बईमा हुनेछ ।

यो सेलिब्रेटी जोडीको बिवाहको रमाईलो के छ भने विवाहमा क्रिकेट जगतका अधिकांश सेलिब्रेटीहरुको जमघट हुनेछ । त्यही अनुसार सबैलाई निम्तो गरिएको छ भने फिल्म इन्डष्ट्रीका पनि धेरैलाई बोलाईएको छ । जानकारीमा आएअनुसार बिवाहमा शाहरुख खान र आमिर खानलाई बोलाईएको भएतापनि सलमान खानलाई निम्तो गरिएको छैन । आखिर किन त ??

‘सुल्तान’ फिल्म पछि अनुष्का र सलमानबीच सम्बन्ध बिग्रिएको थियो । सायद त्यही भएर होला उनलाई विवाहमा बोलाईएन् । याद रहोस, कुनै समय यि दुईको बिग्रिएको सम्बन्ध सुधार गर्न सलमानले निकै ठुलो भुमिका निभाएका थिए ।

विवाहमा कैटरिना कैफ, रणबीर कपूर, करण जोहर, आदित्य चोपडा लगायतको सहभागिता हुनेछ । विवाहको लागि अनुष्का र बिराटको परिवार इटाली पुगिसकेको छ ।

For More videos Log on to Mazzako TV