नायिका रिमा विश्वकर्माले पति रोवर्ट बिकसँग डिभोर्सपछि समाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राखेकी छिन् । उनको स्ट्याटसमा लेखिएको छ, ‘जिन्दगी सधै सोचे जस्तो त पक्कै हुदैन र समय सधै एकनास पनि हुदैन। यो गाह्रो क्षण पनि पक्कै बितेर जानेछ। मेरो प्रति पनि केही गुनासो छैन ।’

२ साता अगाडि यी दुईले औपचारिक रुपमा अलग हुने निर्णय गरेका थिए । रिमा र रोबर्टको डिभोर्स सहमतीमै भएको बुझिएको छ। केही समयको प्रेमपछि रिमा र रोबर्टको २ बर्ष अघि बिवाह भएको थियो ।

निकै तामझामसँग गरिएको उनको विवाह अन्तत डिभोर्समा टुङ्गिएको छ । यता, उनका पुर्वपति रोबर्टले डिभोर्स लगतै मोरङ घर भएर काठमाण्डौ बस्दै आएकी बर्षा रसाइलीसँग इन्गेजमेन्ट पनि गरिसकेका छन् ।

पछिल्लो समाय नेपाल आईडलको उद्घोषण गरेर झनै चर्चामा आएकी नायिका रिमा विश्वकर्माले फेसबुमा यस्तो लेखेकी छिन् ।

‘म सम्बन्धि आएका समाचारहरु मैले हेरिरहेकी छु। म अनि मेरो परिवारको लागि यो त्यति सजिलो समय होइन । तर पनि मेरा मिडियाका साथीहरु , सुभेक्षुकहरु अनि मेरा आफन्तहरु जस्ले मलाई सधैं नै माया अनि सम्मान दिनुभएको छ,याँहाहरुले म प्रती देखाउनु भएको सद्भाव प्रती हार्दिक आभर प्रकट गर्न चाहान्छु। यो असहज परिस्थितिमा म याँहाहरु समक्ष केही पनि कुराहरु राख्न वा केही पनि प्रस्नको उत्तर दिन असमर्थ छु। यती बेलाको मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनुहुनेछ र म अनि मेरो परिवारको लागि केही समय दिनुहुनेछ भन्ने मलाई पुर्ण बिस्वास छ। जिन्दगी सधै सोचे जस्तो त पक्कै हुदैन र समय सधै एकनास पनि हुदैन। यो गाह्रो क्षण पनि पक्कै बितेर जानेछ। मेरो कोही प्रती पनि केही गुनासो छैन । यो असहज घडीमा पनि मेरो साथमा रहनुभएकोमा म अनि मेरो परिवार यहाँहरु प्रती कृतज्ञता व्यक्त गर्छौं ।’

रिमालाई सन्तवना दिदै सिनेकर्मीहरुले यस्तो कमेन्टहरु दिईरहेका छन् ।

For More videos Log on to Mazzako TV