मङ्सिर २९ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘माई लभ’ ले एक भाग्यशाली दर्शकलाई जापान जाने अवसर जुटाएको छ । प्रमोसनको क्रममा पोखरा पुगेको ‘माई लभ टिम’ले फिल्म हेरिसकेको दर्शकको लागी जापान जाने अवसर प्रदान गर्ने लागेको बताएको हो । त्यसको लागि फिल्म हेरेका दर्शकले टिकट नं र हलको नाम ‘माई लभ’ को फेसबुक पेजमा ट्याग वा ईन्बक्स गर्नुपर्नेछ ।


त्यसपछि निर्माण टिमले गोलाप्रथा गरी एक जना भाग्यशाली दर्शक छान्नेछ । उक्त दर्शकले आगामी अप्रिल २५ तारिकमा जापानमा हुन लागेको माई लभको प्रिमियरमा सहभागी हुन पाउने निर्माण पक्ष बताउछन् । फिल्ममा गणेश लामा, शितल श्रेष्ठ, रिवन मित्सुतानी लगायतका कलाकारहरुले अभिनय छ ।
विनाशकारी भूकम्पको कथालाई समेटीको फिल्म ‘माई लभ’ लाई जापनिज निर्देशक तोसिआकी इतोहले निर्देशन गरेका हुन् । इतोहले यसअघि शिरीशको फुल नामक चलचित्र निर्देशन गरेका थिए ।

For More videos Log on to Mazzako TV