फिल्म ‘राज्जा रानी’को ट्रेलर र गीत रिलिज भैसकेको छ । यो फिल्मको गीत र ट्रेलर हेरेपछि दर्शकले यसको प्रकृती र जनरा वुझिसकेका छन् । निर्माता एम के पौडेल फिल्म उत्कृष्ट बनेकाले चल्नेमा आफू विश्वस्त रहेको बताउँछन् ।

लामो समयको ग्यापपछि स्टारकास्टले भरिएको फिल्म रिलिज हुने भएकाले पनि यसलाई फाइदा हुनसक्छ । यम थापाले पहिलो पटक निर्देशन गरेको यो फिल्ममा अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेनको मुख्य भूमिका छ । साथमा, कलाकार कामेश्वर चौरासियाको भूमिकाले पनि दर्शकलाई प्रभाव पार्न सक्छ ।

पौष २१ गतेबाट रिलिज हुने फिल्म आफ्ना लागि विशेष भएको केकी पनि बताउँछन् । नेपालगञ्जको भाषा, प्रकृती र शैलीलाई पर्दामा उतारिएको छ । नाजिर र कामेश्वरको कमेडी दर्शकका लागि खुराक बन्ने निर्माता पौडेल बताउँछन् ।

For More videos Log on to Mazzako TV