नेपाली फिल्ममा अभिनेता आर्यन अधिकारीलाई भाग्यमानी अभिनेताको रुपमा चिनिन्छ । एउटा फिल्म औषत हिट छ । तर, आर्यनको हातमा फिल्मको कुनै अभाव नै छैन ।
आर्यन अहिले नेपाली फिल्ममा विकल्पको रुपमा देखिएका छन् । अनमोल, प्रदिप, पल जस्ता अभिनेताले बर्षमा एउटा मात्र फिल्म खेल्नु, आर्यन सिग्देल, जीवन लुइटेल जस्ता अभिनेताको बजार सकिनु आदिका कारणले पनि आर्यन उदाएका हुन् ।

यसैले, पनि आर्यनको हातमा फिल्मको अभाव नै छैन । उनी, अहिले आफ्नो पाँचौ प्रोजेक्ट ‘बाँध मायाले’को छायांकनमा व्यस्त छन् । यो फिल्ममा अभिनेता आर्यन र अभिनेत्री श्रृष्टी श्रेष्ठको जोडीलाई देख्न सकिन्छ ।

फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरिरहेका छन् । फिल्ममा आर्यनको ‘कर्ली’ कपाल देखिएको छ । श्रृष्टी भने सोझी यूवतीको गेटअपमा देखिएकी छिन् ।

For More videos Log on to Mazzako TV