अभिनेता प्रदिप कुमार चौधरी निर्देशित नाटक ‘मसानटार’ मंसीर २४ गतेबाट अनामनगर स्थित मण्डला नाटक घरमा मञ्चन हुँदैछ । ‘मसानटार’ पुर्वी नेपालको विकट क्षेत्रको एउटा काल्पनिक गाउँको कथा हो । एउटा आँटिलो, जोशिलो युवक रुपकको कथा नाटकमा प्रस्तुत गरिएको छ । भुतप्रेत आत्माहरुको आतङ्कले गाउँ नै रित्तिन लागेको अनौठो नियति र त्यसको भोगाइहरु नाटकमा प्रस्तुत छन् । तर यस्तो भुतप्रेत आत्माको आतंकमा गाउँमा नै बस्न नसकिने अवस्था आउँछ । रुपकका बुवाआमाको मृत्यु भैसकेको हुन्छ । गाउँमा गएर बुवाको स्कुल खोल्ने सपना पुरा गर्नुछ र बहिनीको पनि हेरचाह गर्नुछ ।


गाउँमा मान्छेहरु केहि भएर कुनै दुर्घटना या मृत्यु भोग्नु प¥यो भने सबैले मसान कै दोष दिन्छन् । गाउँलेहरुले नाना थरिका मसान, प्रेतआत्मा र भुतको कथा सुनाएर रुपकको मनमा भुतप्रेतको विउ रोप्न खोज्छन् । तर उ भुत प्रेतमा खासै विस्वास गर्दैन ।
मसानटार अन्धविस्वास र आधुनिक सोच विचको लडाई भएको बताउँछन् निर्देशक प्रदिप कुमार चौधरी । किरण श्रेष्ठ, सुदिप खतिवडा, प्रत्रिका धिमीरे, आयान खड्का, कविता धौबडेल, मिलन कार्की, बिक्रम श्रेष्ठ, सागर दाहाल, सन्देश शाक्य, कुन्दन चौधरी र पुष्कर जंग कार्कीको अभिनय रहेको नाटकको लेखन तथा निर्देशन प्रदिप कुमार चौधरीले गरेका हुन ।

For More videos Log on to Mazzako TV