एउटा कुरा के स्पष्ट छ भने, जब कुनै फिल्मको प्रिमियर वा कुनै अवार्ड कार्यक्रम हुन्छ, त्यसमा अभिनेत्रीहरुको पहिरनले चर्चा पाउँछ पाउँछ । अभिनेत्रीहरु पनि मिडियाको बाहुल्यता हुने यस्ता कार्यक्रममा चर्चाको बाहना खोज्छन् । यसैले, रेड कार्पेट सबैभन्दा सजिलो माध्यम बनेको छ, जहाँ अभिनेत्रीहरु खुलेरै हट बन्न सक्छन् ।

केही दिन अगाडि यूएइको अवुधाबीमा आयोजना भएको ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’मा पनि अभिनेत्री नम्रता सापकोटाले चर्चा पाइन् । उनले, चर्चा पाउनुको पछाडि उनको रेड कार्पेटमा लगाएको पहिरन नै बन्यो । लामो रातो गाउनमा जब नम्रता रेड कार्पेटमा देखिइन्, क्यामेराका लेन्स सोझिए ।

उनले, लगाएको पहिरनमा उनको बोल्ड छवि त छदै थियो, धेरै भाग पनि खुलेको थियो । जसलेगर्दा, नम्रता केही दिनसम्म चर्चामा छिन् । नम्रताले पनि रेड कार्पेटमा यस्तो पहिरन विश्वभरकै अभिनेत्रीको चाहना हुने बताइन् ।

For More videos Log on to Mazzako TV