कतिपय कलाकारका लागि फिल्म रिलिज हुँदा पनि तनाव नै हुन्छ भने नहुँदा पनि तनाव नै हुन्छ । अभिनेत्री खुश्वु खड्काको जीवनमा पनि यस्तै कुरा लागू हुन्छ ।
फिल्म रिलिज नहुँदा पनि काम गरेको फिल्म रिलिज भएन भनेर उनी कराउने गर्छिन् । अब, फिल्म रिलिज हुँदा पनि उनलाई सुख छैन । किनकी, उनी अभिनित फिल्म जनताले नै थाहा नपाउने गरि सुटुक्क हलमा लागिदिन्छन् ।

शुक्रबार अर्थात आजबाट फिल्म ‘दीपज्योती’ हलमा लागेको छ । तर, यो फिल्म हलमा लागेको दर्शकलाई नै अत्तोपत्तो छैन । फिल्ममा खुश्वु खड्का र रजनी केसी मुख्य भूमिकामा देखिएका छन् ।

उनीहरुको, ग्ल्यामर अवतारलाई फिल्मको पोष्टरमा देखाइएको छ । तर, चुनावको मतगणना सार्वजनिक भैरहेको समयमा फिल्म रिलिजले खुश्वु र रजनीको करिअरमा फाइदा हुने देखिएको छैन ।

For More videos Log on to Mazzako TV