नेपाली फिल्म जगतकी सुप्रसिद्ध अभिनेत्री हुन् निरुता सिंह । जो केही बर्षदेखि भारतको मुम्बइमा बस्दै आएकी छिन् । निरुतालाई नेपाली फिल्म क्षेत्रमा अझै पनि काम गर्न मनछ । तर, उनलाई कमब्याक कसले गराउने ? भारतको मुम्बइमा रहेकी निरुतलाई कमब्याक गराउन कुनै पनि निर्माताले सोच बनाएका छैनन् । तर, निरुता भने राम्रो कथाको अफर आएको खण्डमा फिल्म क्षेत्रमा फर्कन चाहन्छिन् ।

केही बर्षदेखि फिल्म क्षेत्रबाट टाढिएकी निरुताका अनुसार, जस्तो पायो त्यस्तो कथामा कमब्याक गर्नुको पनि अर्थ छैन । तर, राम्रो कथा बोकेर अहिलेसम्म कुनै पनि निर्माता उनीसम्म पुगेका छैनन् । निरुता आफू सुहाउँदो कथावस्तुबाट फिल्म क्षेत्रमा फर्कने चाहनामा रहेको बताउँछिन् ।

For More videos Log on to Mazzako TV