अभिनेता नाजिर हुसेन तथा नव नायिका सिल्पा मास्के स्टारर फिल्म ‘कागजपत्र’ को फस्ट लुक सार्बजनिक गरिएको छ । फिल्म युनिटले छायांकन स्थलबाटै कलाकारको लुक्स सार्बजनिक गरेको हो । फिल्मको हाल दाङको तुलसीपुरमा छायांकन भइरहेको छ । फिल्ममा नाजिर, सिल्पासंगै भोलाराज सापकोटा, सरिता गिरी, खिलेन्द्र तिमल्सिना लगायतको अभिनय छ ।

सामजिक प्रेमकथामा आधारित फिल्मलाई अपिल विष्टले निर्देशन गर्दैछन् । फिल्मको कथा समेत अपिलकै हो । फिल्मलाई अस्ट्रेलियन सिनेमेट्रोग्राफर क्यश्मिर डिक्सनले खिच्दैछन् । वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा.लिको प्रस्तुति रहने ‘कागजपत्र’ लाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी, सुदिप उप्रेती र मनिष खत्रीले संयुक्त रुपमा निर्माण गरेका हुन् भने विशारद बस्नेत फिल्मका कार्यकारी निर्माता हुन् ।

For More videos Log on to Mazzako TV