बलिउड अभिनेता सलमान खान अभिनित बहुप्रतिक्षित फिल्म ‘टाइगर जिन्दा हे’ को रोमान्टिक नयाँ गीत सार्वजनिक भएको छ । अलि अब्बास जफर निर्देशित फिल्मको ‘दिल दियान गल्लान’ बोलको गीत रिलिज गरिएको हो ।

उक्त ‘दिल दियान गल्लान’ बोलको गीतमा अतिफ अस्लाम को स्वर सुन्न सकिन्छ, भने बिशाल र शेखरले संगीत दिएका छन् । इर्शाद कमिलले गीत लेखेका हुन् । उक्त गीतमा सलमान र कैटरिना फिचरिङ छन् । ईराकमा केहि बर्ष पहिले घटेको भारतिय नर्सहरुमाथीको सत्य घटनालाई लिएर फिल्म निर्माण गरिएको छ । आदित्य चोपडाले निर्माण गरेका हुन् । डिसेम्बर २२ मा फिल्म रिलिज हुनेछ । हेर्नुस् गीत :

For More videos Log on to Mazzako TV