दुई बेरोजगार युवाको कथामा निर्माण भएको फिल्म ‘गाँजाबाजा’ को रिलिज डेट फाईनल भएको छ । चलचित्र विकास बोर्ड सकारात्मक देखिएकाले फागुन २५ गतेलाई रिलिज गर्ने तयारी थालेका छन् । नामकै कारण रिलिज मिति तय नभएको फिल्मलाई चलचित्र विकास बोर्डले नाम लागू पदार्थ सम्बन्धी भएको भन्दै दर्ता गर्न मानेको थिएन । पछि निर्माण युनिटले सर्वोच्च अदालतमा रिट दायर गरेको गर्याे । मुद्दाको अझै सुनुवाई नभई सकेता पनि निर्माण युनिटले रिलिज डेट भने तय गरेको हो ।

कार्तिक २७ गते रहेको पेशी फेरी पुस सम्मका लागि सरेको छ । निर्देशक एवं निर्माता समेत रहेका गणेश देव पाण्डेका अनुसार चलचित्र विकास बोर्ड सकारात्मक रहेकोले फिल्मको रिलिज डेट तय भएको हो । निर्देशक पाण्डेले चलचित्र विकास बोर्डको विरुद्ध वैशाख २७ गते रिट दायर गरेका थिए ।

For More videos Log on to Mazzako TV