पुष २१ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउने नायिका केकी अधिकारी र नायक नाजीर हुसैन स्टारर फिल्म ‘राज्जा रानी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त ३ मिनट १० सेकेण्डको ट्रेलरमा मधेशमा जरो गाडेर बसेको दाइजो प्रथाको कथा प्रस्तुत छ । फिल्ममा नाजीर राज्जा र केकी रानीको भूमिकामा प्रस्तुत भएका छन् ।

आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको हो । प्रेमकथामा आधारित ‘राज्जा रानी’ लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । फिल्ममा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतको अभिनय छ ।

फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन छ । फिल्म ‘राज्जा रानी’ मैथिली भाषामा पनि प्रदर्शन हुँदैछ ।

For More videos Log on to Mazzako TV