निशा अधिकारीको निर्माणमा तयार भएको फिल्म ‘झ्यानाकुटी’ लाई क्रिकेटरले रुचाएका छन् । क्रिकेट खेलाडीहरुले फिल्म हेरिसकेपछी फेसबुक मार्फत आफुलाई लागेको प्रतिक्रिया लेखेका हुन् । क्रिकेट खेलाडी सन्दीप लामिछाने, सागर पुन, सुरज शाक्यसंगै निशाको पति शरद भेषवाकरले फिल्म हेरेका हुन् ।


निशाले फिल्मलाई सिमोश सुनुवारसंग मिलेर निर्माण गरेकी हुन् भने फिल्मलाई सिमोशले नै निर्देशन गरेका छन् । सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान, बालकलाकार एस्टल गुरुङ, पुष्कर गुरुङ लगायतको अभिनय रहेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा गाउले एक दम्पतिमा उत्पन्न हुने विवाद र त्यसपछीको अवस्थालाई देखाइएको छ । फिल्म मङ्सिर १ बात प्रदर्शनमा आएको हो भने शुक्रबार देखि तेस्रो सातामा प्रवेश गरेको छ । क्रिकेटरहरुले आफ्नो फेसबुकमा लेख्न समेत भ्याए ।

For More videos Log on to Mazzako TV